संविधान दिवसको अवसमा गुडविलद्धारा जेष्ठ नागरिकलाइ सहयोग

पाँचथर ।। संविधान दिवसको अवसरमा गुडविल फाइनान्स लिमिटेड फिदिम शाखाले जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संविधान दिवसको अवसर पारेर फिदिममा रहेको सिद्ध पोखरी सेवा सदनले सञ्चालन गरेको आश्रममा पुगेर त्यहाँ रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको बैंकका फिदिम शाखा प्रवन्धक विक्रम तिवारीले जानकारी दिए ।

सोहि अवसरमा जेष्ठ नागरिक बस्ने आश्रम तथा सोहि स्थानमा रहेको कृष्ण मन्दिर वरिपरी वृक्षारोपण समेत गरिएको फाइनान्सले जनाएको छ । बैंकका कर्मचारीको टोलीले कृष्ण मन्दिर समेत सरसफाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार