वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाण्डौ ।। वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ । अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार