राप्रपाको केन्द्रीय समिति बैठक भदौ दोस्रो साता

श्रावण ३०,२०७६: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोजमा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।

देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पुर्याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ।

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे।

उनले राप्रपाले लिएको वैचारिक दृष्टिकोणकाबारे फैलिएका भ्रमलाई प्रशिक्षकले जनतालाई बुझाउन निर्देशन दिए।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार