स्वास्थ कार्यालय पाँचथरले डेंगु नियन्त्रणका लागि माथिल्लो निकाय गुहार्नु पर्ने

पाँचथर, साउन २७: मध्य पहाडी जिल्ला पाँचथरका विभिन्न स्थानमा डेंगुका विरामी धमाधम भेटिन थालेपछि यहाँ स्थित स्वास्थ कार्यालयले नियन्त्रणका लागि विभिन्न निकायसँग सहयोग मागेको छ ।

जिल्लाको फिदिम,नाँगीन र एकतिन लगायतका स्थानका ९ जनामा डेंगु भेटिएसँगै स्वास्थ कार्यालयले प्रदेश सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालय, संघीय सरकारको स्वास्थ मन्त्रालय र विभाग सँगै युनिसेफ लगायतका सस्थासँग सहयोग माग गरिएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख तेजबहादुर तुम्वापोले वताउनुभयो ।

डेंगुका विरामीको संख्या यकिन गर्न अभियान शुरु गरेको स्वास्थ कार्यालयले आज फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

केहिदिन अगाडीसम्म झापा मोरङ र सुनसरी लगायत तराइका जिल्लामा आउजाउ गर्नेहरुवाट डेंगु फैलिएको आसंका गरिएपनि पछिल्लो समय तराइ आउजाउ नगरेका सर्वसाधारणमा पनि भेटिएपछि स्थानीय लामखुट्टेकै टोकाइका कारण विरामी वढेको आसंका गर्दै नियन्त्रण लागि पहल शुरु गरिएको पनि प्रमूख तुम्बापोको दाबी छ ।

डेंगुवाट जोगिन वतावरणीय सरसफाईसँगै समुदायमा लामखुट्टे खोज र नष्ट गर्ने अभियान चलाउनका साथै लामखुट्टेबाट बच्न अनिवार्य झुल लगाउन चिकित्सकहरुले सुझाव दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार