जंगली च्याउ खाई एकको मृत्यु, एक विरामी

पाँचथर: फाल्गुन्नद गा.पा-५ निजिबुङ बस्ने बर्ष-४८ कि सुनिता चेम्जोङ र निजकै सासु बर्ष-७० कि सन्तमाया चेम्जोङले मिति-२०७६।०४।०७ गते बिहान १०;०० बजे को समयमा जंगलबाट जंगली च्याउ ल्याई खाईएकोमा केहि समयपश्चात दुबै जना बिरामी भईकोले तत्काल उपचारको लागी मोहनमोहन सामुदायिक अस्पताल बिर्तामोड लगिएकाे थियाे।

सुनिता चेम्जोङको अवस्था गम्भिर रहेको कारण निजलाई थप उपचारको लागी मिति-२०७६।०४।१३ गते दिँउसो १५;२० बजेको समयमा बिराट नर्सिङहोम बिराटनगर लगेकोमा मिति २०७६।०४।१४ गते विहान उपचारको क्रममा सोहि नर्सिङहोममा मृत्यु भएको हाे । मृतक लाश आफन्तले बुझी घरतर्फ ल्याई सकेको र विरामि सासु सन्तमाया चेम्जोङ हाल बिर्तामोड स्थित मनमोहन सामुदायिक अस्पतालमै उपचारार्थ रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रनि रोमन राज अर्याले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार