साउन १४,२०७६: जिल्ला प्रहरी कार्यालय पर्साले ९० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ तस्करी हुन लागेको उक्त परिमाणको गाँजासहित ४ भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी विशुनपुर–३ का नुर महमद हुसेन, मोतिहारी फुलबरियाका ३२ वर्षीय असलम आलम साइन, सोही ठाउँका २८ वर्षीय इसाद साइन र मोतिहारी सितलपाटीका ३० वर्षीय सुनिल साह छन्।
उनीहरुलाई वीरगञ्ज महानगरपालिका–२५ ड्राइपोर्ट ब्रअरीबाट बिआर२८जी २७७० नम्बरको बोलेराबाट गाँजासहित पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस