![](https://www.nayakuro.com/wp-content/uploads/2019/07/MAchha.jpg)
पाँचथर ११ श्रावण ।। माछा पुच्छ्रे बैंक फिदिम शाखाले स्थानीय शिवालय मन्दिरलाई सहयोग गरेको छ । मन्दिर परिसरमा स्वच्छ पिउने पानी ब्यवास्थापनको लागी आवश्यक हिलटेंक लगायतका सामाग्री बैंकले मन्दीरलाई प्रदान गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झण्डै ३० हजार मुल्य बराबरका सामाग्री प्रदान गरिएको बैंककी शाखा प्रवन्धक शोभा घिमिरेले बताइन् ।
यसबाट मन्दिरमा आउने भक्तजन तथा मन्दिर ब्यावस्थापनमा रहने पुजारी लगायतलाई सहज हुने उक्त मन्दिरका आर्थिक तथा निर्माण समिति संयोजक मित्र काफ्लेले बताए ।