
पाँचथर: पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदान भत्किएको छ । आज अपरान्ह ४ वजे खेल मैदान भत्किएको हो । खेल मैदानको पुर्वी खण्डमा लगाइएको सर्पोट वाल भत्किँदा नजिकै रहेको सुमित्रा तिम्सिनाको घरमा समेत क्षति पुगेको छ ।
उक्त खेल मैदानलाई घाँसे मैदानमा परिणत गर्न दुवो रोप्ने क्रममा हालिएको माटोको लोड वालले थाम्न नसक्दा भत्किएको फिदिम माध्यामिक विद्यालयका प्रधानाध्यापक विनोद ठाकुरले जानकारी दिनुभयो । खेल मैदान भत्कँदा भानुचोकदेखि शिक्षा कार्यालय हुँदै अगाडी जाने सडक पनि अवरुद्ध भएको छ ।
यो खेल मैदानमा फाल्गुनन्द गोल्डक र पाँचथर गोल्डकप लगायतका थुप्रै खेल सञ्चालन हुँदै आएका छन ।