भाइलाइ खोलाले बगायो भन्दै विद्यालय हिडेको छोरो फर्किएपछी

पाँचथर २७ असार ।। जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं ४ का ९ बर्षिय बालक दिवन राइलाइ नुवाखोलाले बगाएर बेपत्ता बनाएको छ । उनि सँगै बिद्यालय गएका दाजुले बिहान ९:५० बजे खोला तर्ने क्रममा भाईलाई खोलाले बगाएको भनि घर फर्किए पछि बालकका अभिभावकले ईलाका प्रहरी कार्यालय रबि पाँचथरमा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय रवीको प्रही टोली र स्थानीयहरुले अहले बालक दिवन राईको खोजी कार्य गरिरहेको बताइएको छ ।

उक्त खोलामा पुल नभएको कारण खोला तरेरै बिद्यालय आउने जाने गरेको बालकको अभिभावको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार