
पाँचथर ।। जिल्लाको कुम्मायक गाउँपालिका तिङदेनमा आज विहान आगलागी भएको छ । कुम्मायक गाउँपालिका वडा नं. ४ तिङदेन बजारमा रहेको तिलबिक्रम सम्वाहाम्फेको घरमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी यासोकबाट टोली खटाइएको छ भने स्थानीय सहितको सक्रियतामा आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको सम्वाहाम्फेको घरमा पसल समेत रहेकोले ठुलो क्षती भएको अनुमान गरिएको छ ।