
पाँचथर १० असार
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाउपालिका वडा नं. १ स्थायी घर भई हाल जिल्ला पाँचथर साबिक रानीटार १ हाल फिदिम नगरपालिका वडा नं. ७ बस्ने बर्ष ५० को काली बहादुर तामाङ रहेका छन् ।
मिति २०७६ असार ८ गते रातको नौ बजेको समयमा सोही स्थित नाङलापा हाङफाबुङ बाटोमा अस्थायी प्रहरी चौकी रानिटारको गस्ती टोलीले अबैध भरुवा बन्दुक सहित निज तामाङलाई पक्राउ गरेको थियो । बन्दुकको ईजाजत पत्र नभई अबैध रुपमा लुकाई छिपाई बोकी हिडेकोले प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । तामाङलाई असार ९ गते जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान सुरु गरिएको छ ।