माइक्रो फाइनान्सकी कर्मचारी हत्याका मुख्य अभियुक्त सार्बजनिक (भिडियो)

पाँचथर ।। पाँचथरको गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी जिल्लाकै हिलिहाङ ६ निवासी १९ वर्षीय घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी सार्वजनिक गरेको छ । प्रहरीले फिदिममा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैंया र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो ।

लावतीले पैसाकै प्रलोभनमा तामाङलाई बाटो ढुकेर गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख (डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिनुभयो । हिलिहाङ ६ भारपा निवासी हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ । तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । इलामको माइ जोगमाइ घर भएकी २१ वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा विगत ६ महिना देखी कार्यरत थिइन ।

भिडियोमा हेर्नुहोस हत्याका आरोपी, बरामद गरिएको नगद तथा खुकुरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार