पाँचथर, असार ३ ।। पाँचथरमा फेरी एक युवतीको हत्या भएको छ । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ६ सिटे भन्ने स्थानमा लघुवित्तकी एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। एन.एम.बी. माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ शव बजे फेला परेको हो ।

घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले वताउनुभयो । घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।