पूर्व पोष्ट, २७ जेठ २०७६ : दहमा पौडि खेल्ने क्रममा फिदिम–६, बस्ने सुस्मिता तुम्रोकका छोरा १३ बर्षिय गोरे तुम्रोकको ज्यान गएको प्रहरीले जनाएको छ
फिदिम– पाँचथरको फिदिम नगरपालिका–६, सिवास्थित याङ्दिन खोल्सा भन्ने ठाउँमा सडक छेउको दहमा डुबेर एक बालकको मृत्यु भएको छ । कालोपत्रेका लागि काम भइरहेको सडक निर्माण कम्पनिले पानी जमाउन बनाएको दहमा पौडि खेल्ने क्रममा फिदिम–६, बस्ने सुस्मिता तुम्रोकका छोरा १३ बर्षिय गोरे तुम्रोकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मायालुमोड–चोकमागु–सिवा–नवमीडाँडा हुँदै घुर्बिसे पञ्चमी जोड्ने कृषि सडकको कालोपत्रेका लागि काम गरिरहेको निर्माण कम्पनि कन्काई विल्डर्सले पानी जमाउन बनाएको दहमा पौडि खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
फिदिम–५, चोकमागुस्थित आफन्तकहाँ पुगेर घर फर्किने क्रममा पौडि खेल्ने खेल्ने क्रममा उनी डुब्न पुगेको फिदिम–६, का वडा अध्यक्ष जहरमान तुम्रोकले बताए ।