श्रीमान बेपत्ता भएपछी गर्भवती किशोरीको यस्तो विजोग (भिडियो रिपोर्ट)

पाँचथर २७ जेष्ठ ।। अन्र्तजातीय विवाह गरेकी पाँचथरकी प्रमिला शिवाको यतिवेला विजोग भएको छ । १ बर्ष अगाडी प्रेम विवाह गरेकी शिवाका श्रीमानले उनी गर्भवती भएसंगै छाडेर हिडेपछी उनको विजोग भएको हो । समाजले पटक पटक गर्भपतनको दवाव दिदा समेत सन्तानको मायाँकै कारण जन्माउने हिम्मत गरेकी शिवालाई सन्तान जन्मिने समय आइपुग्न लाग्दा भने झनै ठुलो संकट थपिएको छ । दलित समुदायकी यि किशोरीले लिम्बू समुदायका यूवा संग प्रेम विवाह गरेकी थिइन् ।

तर गर्भवती भएपछी श्रीमानले छाडेर बेपत्ता भए अहिले हल्ला सुन्छिन उनका श्रीमानले अर्कै केटी लिएर हिडेका छन् । गर्भको बच्चाको मायाँ लागेर भिडियो एक्सरे गर्न जाँदा स्वास्थ्य चौकीमा ८ सय रुपैया मागेको तर आफु संग पैसा नभएपछी त्यसै फर्किएको उनको भनाइ रहेको छ । एक दिन आफ्नो श्रीमान आउने आश गरेरै सन्तानको जन्म दिन लागेको उनले बताइन् । थप विवरण सहितको सामाग्री भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार