नक्कली मदिराले लियो १७ जनाको ज्यान

भारत, १५ जेठ – भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको छ । अन्य ४० जना विरामी भएर उपचारको क्रममा रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा नक्कली मदिराले मंगलबार ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको थियो । बुधबार मृत्यु हुनेको संख्या १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार