
पाँचथर: पाँचथरको मिक्लाजोङ ३ आरुवोटेमा ३ दिन अघि भएको घट्नामा मारिएकाहरुको अहिले भर्खरै गाँउ ल्याइएको छ । उनीहरुको शव धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम गरेर दाहसस्कारका लागि गाँउ ल्याइएको हो ।
पोष्टमार्टमका लागि धरान पु¥याइएका उनीहरुको अन्त्येष्टि आ आफ्ना घाटमा गर्ने परिवारको आफन्तको इच्छा अनुसार शव ट्याक्टरमा ल्याइएको हो ।
मृतक मध्ये धनराज सेर्मा,उनकी पत्नी जस्मिता सेर्मा छोरीहरु योवना,मुना र इच्छा सेर्माको मिक्लाजोङ २ सराङडाँडा र उनका ससुरा वमकुमार फियाक श्रीमती फर्सिमाया फियाक,छोरी मनकुमारी फियाक र नातीनी श्रेया फियाकको अन्त्येष्टि आरुवोटे स्थित स्थानीय घाटमा गर्न लागिएको हो । हत्यामा संलग्न भनिएका मनवहादुर माखिमको भने लिम्वा स्थित लुमाङदिनमा अन्त्येष्टि गरिने भएको छ ।
अहिले दुवै परिवारको अन्त्येष्टिका लागि चिता निर्माण भइरहेको छ । सेर्मा परिवारका लागि सराङडाडा र फियाक परिवारका लागि आरुवोटेमा दुइवटा सामुहिक चिता तयार गरिएका छन । घटनामा भागेर वचेकी १२ वर्षीय सीता खजुमको भने दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।