
केही महिना अगाडी सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो । बृद्ध आमाले आफ्नो छोरोलाई बचाएर नेपाल फर्काइदिन अनुनय विनय गरेको उक्त भिडिया लाखौ पल्ट हेरियो । तेह्रथुमका ओयागजुङका खड्ग जोगी फिलिपनी नागरिकको हत्याको आरोपमा दुवैको जेलमा रहेका मृत्यूदण्ड कुरिरहेका थिए । यता घरमा बृद्ध आमा, श्रीमती र छोराछोरी वुवा आउने आशमा बसेका थिए ।
यो कुरा सामजिक सञ्जालमा ल्याएका थिए ओयागजुङकै देव बाँस्कोटाले, त्यसपछी चर्चित बनेको यको प्रकरणमा हजारौ नेपालीले आफ्नो गाँस काटेर सहयोग रकम प्रदान गरे, जस्लाई भाग्य न्यौपाने जस्ता लोकप्रिय युट्युबरहरुले सहजिकरण गरिरहे, अन्नतः परराष्ट्र मन्त्रालयमार्फत नेपालीहरुले उठाएको ६० लाख भन्दा बढी ब्लड मनी बुझाइएपछी खड्ग जोगी नेपाल आइपुगे, आफ्नो आँगनको डिलमा बसेकी ८२ बर्षिय आमाको काखमा गएर भक्कानीय, सिंगो गाउँ र देसनै खुशीले गदगद भयो भिडियोमा हेर्नुहोस थप विवरण