१ बर्षमा बिप्लबका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

काठमाण्डौ : सरकारले प्रतिवन्ध लगाएपछि प्रहरीले चालु महिना मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक सय चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । एक बर्षको अबधिमा सो पार्टीका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ ।

सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए । सुवेदीले भने, ‘केहीलाई अनुसन्धानपछि छाडेका छौँ र केहीलाई विभिन्न कसुरमा मुद्दा चलाएका छौँ । : रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार