पाँचथर ।। पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर आइपुगेका छन् । बेलुकी करिब ६ बजे राजा पाँचथरको सदरमुकाम फिदिम आइपुगेका हुन् । राजा फिदिम आइपुग्दा समर्थहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी गरेका थिए ।

फिदिमको मनस्वी होटमा बसेका ज्ञानेन्द्र करिव १ सय मिटरको दुरी पैदलै यात्रा गरेर होटल सम्म आएका थिए । स्वागतको लागी बसेका हजारौ नागरिकले दिएको फुल थापिरहँदा ज्ञानेन्द्रको अनुहार मन्द मुस्कानले उज्यालिएको थियो । भिडियोमा हेर्नुहोस ज्ञानेन्द्र शाह पाँचथर आइपुग्दाको यो दृष्य

https://youtu.be/M3VhUvBF1pY