पाँचथर १६ चैत्र ।। पूर्व राजाको पाँचथर भ्रमण तय हुँदै गर्दा कस्ले स्वागत गर्ने भन्ने विषयमा राप्रमा विवाद देखिएको छ । विवाद समाधान हुन नसक्दा दुइ पक्षधर राप्रपाले अलग अलग समिति बनाएका छन् । कमल थापा पक्षधर राप्रपाले । पूर्व राजसभा स्थायी समितिका सदस्य बम ब. सम्बाहाम्फेको संयोजकत्वमा ५ सय १ सदस्यिय मुल समारोह समिति गठन गरेको छ भने पशुपती शमशेर पक्षको राप्रपाले अर्कै समिति गठन गरेको छ । राजा मन्दिरमा आउने भएकाले मन्दिरकै समिति आधिकारीक हुने उनिहरुको धाँरणा छ । यस पक्षको संयोजक भने नर बहादुर लावती रहेका छन् । मन्दिरमा पुजा गर्ने कार्यक्रम भएकोले मन्दिरकै समिति आधिकारीक हुने उनिहरुको धाँरणा छ ।
“भेटघाट तथा स्वागतको संयोजक हाम्रो र मन्दिर दर्शनको संयोजक तपाँइहरुको बनाउनुहोस भन्दा समेत नमिलेपछी अर्को समिति बनाउन बाध्य भएको कमल थापा पक्षधर एक नेताले बनाए ।”
“पार्टीको कार्यक्रम नभएको र मन्दिर मा आउने भएकाले त्यही अनुरुप छलफल भएर आफ्नो समिति बनेको हो तर अरुले कहाँ के गरो भन्ने बिषय आफुलाइ जानकारी नभएको पशुपती पक्षधर राप्रपाका नेताको तर्क छ ।”