पाँचथर नवमिडाँडामा आगलागी २ घर जले (तस्विर सहित)

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाँउ पालिकामा जंगलको डढेलो वस्तीमा पस्दा २ वटा घर र एउटा गोठ जलेका छन ।

फाल्गुनन्द २ र ३ को सिमावर्ती निवुखोला किनार आसपासको मारुनी जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदा फाल्गुनन्द १ का लाखमान तामाङ र बीरबहादुर तामाङका घर जलेका हुन ।

यस्तै फाल्गुनन्द १ कै सन्तबहादुर तामाङको गोठ पनि जलेको वडाध्यक्ष होमबहादुर आङदेम्वेले जानकारी दिनुभयो ।

शनिवार दिउसो अचानक मारुनी जंगलमा लागेको डढेलो वस्तीमा पसेको थियो । स्थानीय,सेना र प्रहरीले अग्नी रेखा बनाएर आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन । डढेलो अझै नियन्त्रण बाहिर छ । चारैतिर फैलेकाले वस्तीमा थप जोखिम हुने संभावना देखिएको पनि आङदेम्वेले जानकारी दिनुभयो ।

 

यस्तै फिदिम ४ को देउराली सामुदायिक वन र यासोकमा पनि आगलागी भइरहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रणका लागि सेना प्रहरी र ससस्त्र प्रहरी परिचालन भएका छन ।

तस्विरहरु : शेखर घिमिरे (नयाँ कुरो) नवमिडाँडा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार