
पाँचथर ०८, चैत्र ।। पाँचथरे कांग्रेसका नेता भिष्मराज आङदेम्बे नेपाली कांग्रेसको अनुशासन समितिकै संयोजक चयन हुनुभएको छ । लामो समयको छलफलपछि नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको हो। पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पाँच सदस्यीय समितिको सदस्यहरुमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी चयन भएका छन्। समितिको संयोजक भए संगै कांग्रेस भित्रका बेथितीहरु हटाउन आफुहरु जिम्मवार भएर लागिपर्ने कांग्रेस नेता आङदेम्बेले बताउनुभएको छ ।
पार्टी भित्र रहेका वेथती अन्त्य गर्न अनुशासन समिती जिम्मेवार भएर लाग्ने नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बेको भनाइ रहेको छ । पार्टीलाई मयार्दित बनाउन अनुशासन समितिले सकृय भूमिका निर्वाह गर्ने आङदेम्बेले बताउनुभयो । पार्टी भित्र इमान्दारहरुले ठाउँ नपाउने तर फटाहा हरुले सधैं ठाउँ पाइरहने अवस्थाको अन्त्य गर्न आफु सजक रहेको आङदेम्बेले बताउनुभयो । कांग्रसेको स्थानीयत तह, संघ र प्रदेशको निर्वाचनका बेला अन्र्तघात गरेका, असहयोग गरेका लगायतका थुप्रै मुद्धाहरु निवेदनको रुपमा मात्रै थन्किएका छन् । भिडियोमा हेर्नुहोस अनुशासन समितिको संयोजकको रुपमा भिष्मराज आङदेम्बेको पहिलो अन्तरबार्ता