प्रचण्डको सुरक्षामा अमेरिकी सरकारको चासो ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाललाइ अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ । कुनै पनि उच्च पदस्थ ब्यत्तीहरुले कानुनी झमेला ब्यहोर्नु नपरोस भनेर अमेरिकाले विशेष परिस्थितीमा मात्रै जारी गर्ने गरेको छ । यस अगाडी अमेरिकामा प्रचण्डलाइ कार्वाहीको माग गर्दै उजुरी परेको प्रकरणलाइ महत्वका साथ हेरिएका बेला अमेरिकी सरकारलेनै प्रचण्डको सुरक्षामा विशेष चासाे दिएको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार