काठमाडौं । पाँचथरे कांग्रेसका नेता भिष्मराज आङदेम्बे नेपाली कांग्रेसको अनुशासन समितिकै संयोजक चयन हुनुभएको छ । लामो समयको छलफलपछि नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको हो। पार्टी मुख्यालयमा सोमबार अबेरसम्म बसेको बैठककले भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पाँच सदस्यी समितिको सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर चयन भएका छन्। बाँकी रहेका सदस्यमा वरिष्ठ नेता पौडेलले नाम उपलब्ध गराएपछि पदपूर्ति हुने स्रोतले जनाएको छ। समितिले गर्ने काम कारबाहीका विषयमा पनि सहमतीबाटै निर्णय लिइने सहमती भएको बताइएको छ।
केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु- बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ-आफ्नो धारणा राखेका थिए।