“आत्था ! पानी त तातो पो रहेछ” – देउवाको तातोपानी कुण्ड स्नान

म्याग्दी ।। “आत्था पोल्यो ! पानी निक्कै तातो रहेछ” यो भनाई हो नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको । शेर बहादुर देउवाले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आउने अवसरमा उहाँहरु प्रसिद्ध तातोपानी कुण्डमा हेली मार्फत पुग्नुभएको थियो ।

सभापती देउवाले तातोपानी कुण्डमा डुब्दै सभापती तातोपानी किनै तातो भएको प्रतिकृया दिनुभएको छ । देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा स्नान गरेपछी देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताएका छन् । उनीहरुले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोडदिनुभएको थियो ।

त्यस्तै सभापती भन्दा केही समय बढी तातोपानी कुण्डमा डुबेका बरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा स्वर्गको अनुभुती भएको बताउनुभयो । धार्मिक रुपमा समेत महत्व बोकेका यस्ता प्राकृतीक अस्पताहरुकोे विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा रहेका अन्य ठाउँका तातोपानी कुण्डहरुको संरक्षण गर्न समेत आवश्यक रहेको उहाँको भनाई थियो । तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गर्नुभएको थियो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए । उहाँहरुलाई कुण्ड र तातोपानी क्षेत्रको बारेमा जानकारी गराउँदै कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले बेनीदेखि तातोपानीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने, कुण्डको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेका छन् ।

यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो । उहाँहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ ।

पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । यसपटक कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले गरेको तातोपानी कुण्डको स्नानलाई पनि जिल्लामा निकै महत्वका साथ हेरिएको छ । उहाँहरुतातो पानी कुण्डमा स्नान गरेर अहिले नेपाली काँग्रेस म्याग्दीको कार्यालय उद्घाट कार्यक्रममा सहभागी हुनुभएको छ । नेपाली रेडियो नेटवर्कबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार