नेकपा पाँचथरद्धारा श्रद्धाञ्जली सभाको आयोजना

पाँचथर २३ फाल्गुण ।। नेकपा पाँचथरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गत फाल्गुण १५ गते हेलिकप्टर दुर्घटना परी निधन हुनुभएका संस्कती, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारी र भर्खरै निधन हुनुभएका पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरत मोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गर्न सभाको आयोजना गरेको हो ।
नेकपाको पार्टी कार्यालय शनिबारे लाइनमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य आइन्द्र सुन्दर नेम्वाङ, पूर्व राज्य मन्त्री श्री प्रसाद जवेगु, तथा प्रदेश सदस्य द्धय राजकुमार भण्डारी, हर्क नेम्वाङ, लगायतका नेताहरुले दिवंगत नेताहरुको कामको चर्चा गर्दै पार्टी र सिंगो मुलुकलाई अपुरणिय क्षती पुगेको बताएका थिए ।
श्रद्धाञ्जली सभामा जिल्ला समन्वय समिति सभापती विष्णु सापकोटा, हिलिहाङ गाउँपालिका अध्यक्ष भूवानी प्रसाद लिङदेन लगायतका जनप्रतिनीधीको समेत उपस्थिती रहेको थियो । सयौको संख्यामा उपस्थित भएका नेकपाका नेता, कार्यकता शुभेच्छुक हरुले दिवंगत नेताहरुको तस्विरमा माल्यापर्ण गरेर श्रद्धा सुमन प्रकट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार