रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।

रबिन्द्र अधिकारी को हुनुहुन्थ्यो ? संक्षिप्त जीवनी।

पिता – इन्द्र प्रसाद अधिकारी

माता – लक्ष्मीदेवी अधिकारी

अधिकारीको जन्म मिति – बि.सं. २०२६ साल बैशाख २२ गते

जन्मस्थल – कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा श्रीमती – बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत) अध्ययन – ब्यवस्थापनमा स्नातकोत्तर सन्तान : दुई छोरा

विद्यार्थी राजनीति :

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।

२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।

३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।

४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।

५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।

६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।

७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।

८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।

९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।

१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।

११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।

१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष विद्यार्थी आन्दोलनमा उल्लेख्य :

#शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष

# प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ

# वहुचर्चित कालापानी मार्चको नेतृत्व #

सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध

#शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व

# यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई।

राजनीतिक यात्रा :

१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।

२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।

३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।

४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।

५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।

६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।

७. संविधान सभा २०६४ को सभासद ।

८. २०७० सालको संविधानसभा सदस्य ।

९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।

१०. २०७४ को आमनिर्वाचनमा पुन: तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित

११. नेकपाका केन्द्रीय सदस्य १२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृति/प्रकाशन

१२. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना २. समृद्द नेपाल ३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार