१२ फाल्गुन: अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानले टेरर फण्डिङ रोक्नका लागि पर्याप्त प्रयास नगरेको कालोसूचीमा राख्नसक्ने चेतावनी दिएको छ । एफएटीएफले टेरर फण्डिङ रोक्नका लागि एक्सन प्लानलाई मे महिनासम्मा पूरा गर्नका लागि पाकिस्तानलाई समय तोकिदिएको छ ।
पाकिस्तान यदि एफएटीएफको कालोसूचीमा पर्छ भने उसलाई आईएमएफ, वल्र्ड बैंक, एशियन डेभलपमेन्ट बैंक तथा यूरोपियन यूनियनजस्ता अन्तराष्ट्रिय सहायता तथा ऋणदाताहरुले डाउनग्रेड गर्नसक्ने बताइएको छ । यसबाट पाकिस्तानलाई यि संस्थाहरुबाट कुनै पनि प्रकारको फण्डिङ प्राप्त हुनेछैन ।
एफएटीएफले गत वर्ष जुन महिनामा पाकिस्तानलाई ग्रे लिस्टमा राखेको थियो । पाकिस्तान यसबाट बाहिर आउने कोसिसमा जुटेके थियो । पाकिस्तानमाथि हाल कर्जाको भार एकदमै धेरै रहेको छ । उसमाथि २७ लाख करोड पाकिस्तानी रुपैयाँ भन्दा बढी ऋणको भार रहेको बताइएको छ ।
हालै मात्र साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने भन्द केही आशा देखाएको छ । तर एफएटीएफले पाकिस्तानलाई कालोसूचीमा राख्यो भने उ एकदमै ठूलो आर्थिक संकटमा फस्नेछ । जसबाट बाहिर निस्कनु उसका लागि असम्भव जस्तै हुने बताइएको छ । (मेराे लगानी बाट)