धर्म परिवर्तन गरौ भन्दै आउनेलाइ गाउँलेले डाँडा कटाए

कञ्‍चनपुर- गाउँमा गएर क्रिश्चियन धर्म प्रचार गर्दै गरेको अवस्थामा भेटिएका तीन विदेशी र एक नेपालीसहित चार जनालाई कंचनपुरका स्थानीयले लखेटेका छन्।

कृष्णपुर नगरपालिका-४ मा शुक्रबार क्रिश्चियन धर्मको प्रचार गरिरहेका दुई युक्रेनी, एक भारतीय र एक नेपालीलाई स्थानीयले लखेटेका हुन्। स्थानीयले नियन्त्रणमा लिएर गाउँको पिपल चौतारामा ल्याएर श्रीराम लेखेको खादा ओडाई, जय हिन्दु भन्न लगाई माफी माग्न लगाएका थिए।

उनीहरुले अबदेखि नआउने सर्तमा लखेटेको स्थानीय संजिव शाहीले नेपाल समयलाई जानकारी दिए। उनिहरुले आफुहरु धर्म प्रचारको क्रममा आएको स्वीकार गरेको शाहीले जानकारी दिए।

स्थानीले धर्म प्रचार गरिरहेको थाहापाएपछि भाग्न खोजेका उनीहरुलाई गाउँले जम्मा भएर नियन्त्रणमा लिएको शाहीले बताए। भारतीय नम्बर प्लेटको गाडीमै गाउँ छिरेका उनीहरु भारतबाट नेपाल छिरेको आशंका गरिएको छ। उनीहरुको नाम भने खुल्न सकेको छैन।

कुनै पनि धर्म प्रचार गर्न कानुनले बर्जित गरेको भएपनि विभिन्न प्रलोभन देखाई गाउँ-गाउँमा क्रिश्चियन धर्म प्रचारकहरु भेटिन थालेका छन्। यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ। नेपाल समयबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार