नेपालमै अनौठो घटना: सर्पको विषको तस्करी, भारतबाट एक पक्राउ

झापा : सर्पको विषको तस्करी हुन्छ भन्दा जो कोहीलाइ पत्याउन गाह्रो पर्छ । तर नेपाल–भारतको सीमा नाका झापाको काकँडभिट्टा नाकाबाट भारतर्फ बिषालु सर्पको बिष तस्करी भइरहेको घटना बाहिर आएसंगै यो विश्वासै नलाग्ने घट्ना बाहिरिएको छ ।

काँकडभिट्टासँग जोडिएको भारतको पश्चिम बंगाल, दार्जिलिङ जिल्लाको पानीट्यांकी बजारबाट एक नेपाली नागरिकलाई बिषालु सर्पको बिषसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । सीमा तैनाथ भारतीय एसएसबी ४१ बी वटालीयनका इन्स्पेक्टर विजय कुल्लुको नेतृत्वको एसएसबीको टोलीले भारतीय ३५ करोड रुपैयाँ मूल्य बराबरको सर्पको बिषसहित झापा बुद्धशान्ति गाउँपालिका ४ निवासी अन्दाजी ४९ बर्षीय बल वहादुर यावालाई पक्राउ गरेको छ। उनलाई विहीवार दिउँसो पानीट्यांकी बसपार्क नजिकैबाट पक्राउ गरेको हो।

बलबहादुरले सिसाको ठूलो भाँडोभित्र राखेको लगभग दुई पाउन्ड सर्पको बिष एसएसबीले बरामद गरेको छ। ४१ बी बटालीयनका कमाण्डर राजीव राणाका अनुसार नेपालबाट सर्पको बिष भारततर्फ तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। ‘सोही सूचनाको आधारमा बलबहादुरमाथि शंका लागि चेकजाँच गर्दा उनले बोकेको झोला भित्र सिसाको भाँडा भेटियो’, कमाण्डर राणाले भने, ‘सिसाको भाँडा खोलेर हेर्दा त्यसमा सर्पको बिषु फेला परेको हो।’

यता एसएसबीले वलबहादुरसँग यस बिषयमा सोधपुछ गर्दा उनले नेपालबाट सर्पको बिष ल्याएको स्वीकारेका छन्। उनले ल्याएको सर्पको बिष पानीटंयाकीमा एक जनालाई दिन आएको र अरु यस बिषयमा केही थाहा नभएको एसएसबीलाई बताएको जनाइएको छ। एसएसबीले सर्पको बिषसहित पक्राउ परेका बलबहादुरलाई खोडीबारी पुलिसलाई जिम्मा लगाइसकेको छ। खोडीवारी थानाध्यक्ष नीलम कुजुरका अनुसार बिषसहित पक्राउ परेका बलबहादुरलाई सिलीगुडी अदालतमा पेश गरी कानुनी कारवाही शुरु गरिसकेको बताए। ‘सर्पको बिषलाई ल्याव परीक्षणका लागि कलकता पठाउँछौ’, थानाध्यक्ष कुजुरले भने।

सुन भन्दा महँगो सर्पको बिष
अधिकांश मान्छे सर्प भन्ने बित्तिकै पर भाग्छन । तर ती व्यक्तिलाई थाहा छैन की ? सर्पले उसको जीवनलाई धनसम्पत्तिले जोडि दिन सक्छ। अहिले बिषालु सर्पको बिषको माग नेपाल लगायत अन्तर्राष्ट्रिय बजारमा उच्च छ । त्यही भएर पछिल्लो समयमा सर्पको बिष तस्करी हुन थालेको छ । तरल पदार्थ जस्तो बिषलाई सानो झोलामा राखेर सजिलै तस्करी गर्न सकिन्छ भन्ने उदेश्यले तस्कर समूहले नेपाल भारत सीमातर्फ ध्यानकेन्द्रीत गरेको भारतीय प्रहरीको दावी छ। अन्तर्राष्ट्रिय बजारमा सुन भन्दा महँगो सर्पको बिषको मूल्य छ । डा. मनोज कुमारका अनुसार सर्पको बिष विभिन्न औषधि बनाउन काम लाग्छ। क्यान्सर, मुटु रोगी, रक्तचाप जस्तो रोगको औषधि बन्छ । साथै ठूला पैसा वालाको भोज वा पार्टीमा बिषलाई नशाका लागि पनि प्रयोग गरिन्छ । एक चुटकी बिषको मूल्य ५० हजारदेखि एक लाखसम्म पर्छ। त्यसैले सर्पको बिषको माग अहिले बजारमा उच्च छ । थाहाखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार