२ फागुन (Feb.14) विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।
नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ ।
आजका दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् । माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवनमाथि खेलवाड गर्नु भनेको एकदमै पाप हो । माया भनेको पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो । जसरी भगवान श्री कृष्णले हिन्दु धर्मका कथाहरूमा राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे । तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन् । भगवान शिवकै कुरा गर्यौ भनेपनि शतिदेवीले शिवको लागि आफ्नो देह त्याग गरिन् । शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन् । त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ । शेन्ट भ्यालेनटाइनले पनि प्रेमकै निम्ति आफूलाई समर्पण गरेका कारण फेब्रुअरी १४ अर्थात आजै दिन संसारभर भ्यालेनटाइन दिवस अर्थात प्रणय दिवसका रूपमा युवायुवतीले उनलाई सम्झने गरेका छन् । प्रेमको बलि चढेको दिनलाई सम्झेर प्रेमजोडीहरूले आफ्नो माया उजागर गर्नका लागि अहिले खुलमखुला माया दर्शाउन थालेका छन् । आजकाल जुन हिसाबले मायामा विकृति बढेको छ । कसैलाई मीठा कुरा भन्दैमा, गुलाफको फूल दिँदैमा हुदैन माया ? माया भनेको आफुले चाहेर कहिले पनि हुदैन र पाउनु मात्र होइन माया गुमाउनु पनि माया हो ।
अन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।