
काठमाण्डाै, ०२ फाल्गुण
निर्वाचनका बेला नेकपाद्धारा बहुप्रचारित पानी जहाज चलाउने योजनालाई कार्यान्यन गराउने प्रयास स्वरुप आज पानी जहाज कार्यालयको उद्घाटन गर्न लागिएको छ ।
प्रधानमन्त्री केपी ओलीले ललितपुरको एकान्तकुनामा आज पानी जहाज कार्यालयको उद्घटन गर्न लाग्नु भएको हो । नेपालमा पानी जहाज संचालनका लागि गर्नु पर्ने आवश्यक कार्यहरु गर्नका लागि कार्यालय संचालनमा ल्याउन लागिएको जनाइएको छ ।
सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । नेपाल आउने पानी जहाज रुटको हालै मात्र भारत सरकारले डीपीआर तयार पारेको छ ।
मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि (नारायणी) सम्म आउने पानी जहाजको डीपीआर तयार पारेको हो । भारतको गंगा नदि बेसिनबाट कार्गाे र यात्रु बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने रुट बनाइएको छ ।