काठमाण्डौ ०२, फाल्गुण
सरकारले केही साता भित्रै नेपाली कामदार जापान पठाउने प्रकृया सुरु गर्न लागेको छ । जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गरिने नेपाल सरकारका प्रतिनिधीहरुले बताएका छन् ।
तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिको प्रक्रियाबारे अन्तिम निर्णय गरिनसकेकोले केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन् । जापानसँग सरकार(सरकारबीच हुने जी(टू(जी, वा कोरियासँग जस्तै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मा दिने ईपीएस प्रणाली लागु गर्ने विकल्पहरू नेपालसँग छन्। आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा केही एशियाली देशका कामदारका लागि रोजगारी खोल्ने घोषणा गरिएलगत्तै जापान जानेबारे प्रक्रिया बुझ्ने नेपाली श्रमिकहरूको सङ्ख्या बढिरहेको छ ।
एकातर्फ जापान जान चाहनेहरुको चासो दिनप्रतीदिन वढिरहेको अर्को तर्फ सरकारी तवरबाट ठोस निर्णय आउन नसक्दा विचैलियाहरुले थुप्रै खालका अफवाहहरु फैलाएको प्रती सरोकारवालाले भने चिन्ता ब्यत्त गरिरहेकँ छन् । परिक्षा प्रणाली कस्तो हुने, कसरी कामदार जापान लैजाने भन्ने अन्याैलता रहेकै बेला विभिन्न भाषा इन्ष्टिच्युटहरुले आफै मनगणन्ते कुराहरु सार्वजनिक गररहदा अाम नागरिकमा भने अन्याैलता बढ्दै गइरहेको प्रती सरोकारवालाले चिन्ता गरेका छन् ।