फगुन १ , ‘हेलो दाई जाने हो’ केटाको जस्तै स्वर आयो । केटाको जस्तै आवाज आएपछि यताउता हेरेँ । तर, कसैलाई पनि देखिनँ । साइटमा एउटा स्कुटरमा दुई जना सुन्दर युवतीहरु थिए । मैले यताउता हेरेको देखेर एउटीले भनिन्– ‘के हेर्नु भा’को ।’ त्यसपछि पो बल्ल थाहा भयो युवतीको भेषमा देखिने ती त तेस्रोलिङ्गी पो रहेछन् ।
यो कुरा हो, राजधानी, ठमेलको । तेस्रोलिङ्गीहरुको यौन व्यापारले यति बेला राजधानी तातेको छ । विशेष गरेर काठमाडौँको ठमेल, सुन्धारा, वीर हस्पिटल, लैनचौर, लाजिम्पाट, जमल, दरबारमार्गलगायतका क्षेत्रमा तेस्रोलिङ्गीहरूको यौन व्यापार बढिरहेको छ । ठमेललगायतका क्षेत्रमा मध्यरातसम्म तेस्रोलिङ्गीहरु स्कुटरमा ग्राहकको खोजीमा देखिने गर्दछन् । सुन्दर युवती जस्तै देखिने एक जना तेस्रोलिङ्गी स्कुटरबाट उत्रेर भनिन्– ‘जाने हो ।’ मैले भनेँ – ‘कहाँ जानु पर्ने ।’ उनले फेरी भनिन्– ‘लाजिम्पाटमा हाम्रो कोठा छ, कति जना हो ?’ उनले थप्दै भनिन्– ‘एक जनाको १५ सय फुल सर्भिस हुन्छ, ३÷४ घण्टा रमाइलो गरेर बस्नु पर्छ नि !’
यो समूहले यौन व्यापारका क्रममा सडकमा पैदल हिँड्ने सर्वसाधारणलाई दुःख दिएर हैरान बनाउने गरेको स्थानीय बताउँछन् । ती क्षेत्रहरुमा तेस्रोलिङ्गीहरूले साँझ सात बजेदेखि मध्यराति १२ बजेसम्म सडकमा बसेर ग्राहक खोज्दै गरेको प्रसस्त देख्न पाइन्छ ।
यस विषयमा सोधिएको जिज्ञासामा प्रहरी अनभिज्ञता जनाउँछ । राजधानीमा अनेक प्रकारका व्यक्ति रहने भन्दै तेस्रोलिङ्गीको यौन व्यापारका विषयमा कसैले पनि लिखित उजुरी गरेका छैनन् । तर, तेस्रो लिङ्गीहरु प्रहरी देख्ने बित्तिकै स्कुटीमा हुइकिने गरेका छन् । उनीहरु भन्छन्– ‘प्रहरीले भट्यो भने दुःख दिन्छ ।’
‘कोही तेस्रो लिङ्गी इमान्दार हुन्छन्’ ठमेलमा भेटिएका एक ब्यक्तिले भने – ‘कोही थर्ड क्लासमा हुन्छन् ।’ चुरोट तान्दै बसेका तेस्रो लिङ्गीहरुले सडकमा हिंड्ने सर्वसाधारण तथा पर्यटकहरुलाई अश्लिल हर्कत देखाउने गरेका छन् ।
‘परिवार समाज र राज्यले नै पालनपोषण गर्नुको सट्टा विभिन्न लान्छना लगाउने गर्छ, हामी थोरै आयआर्जनको लागि पनि यौन सम्पर्क गछौँ’ एक तेस्रोलिङ्गीले भनिन् । खानबस्नसमेत समस्या भएको कारण उनीहरुले यौन ब्यवसायमा लागेको बताउने गरेका छन् । आजको खबरबाट