रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

 १ फागुन  ः घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् ।

गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन ।

विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका महोत्तरी संवाददाताको रुपमा कार्यरत सुनिता हाल नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका सहसचिव समेत रहेकी छिन् ।

शुरु शरुमा रेडियो सुन्न त्यति इच्छुक नभएको भए पनि पछि रेडियोमा बोल्नसमेत इच्छा भएको सुनिताले भनिन्, “समयले आफूलाई रेडियो सुन्न मात्र नभइ, रेडियोको मालिक समेत बनाएको छ । समाचार सङ्कलन गर्ने र रेडियोमा बोल्ने उहाँको अहिले दिनहुँको कार्यतालिका छ ।”

“विवाह भएको समय अर्थात् २०५६ सालसम्म घरमा रहेको सानो रेडियो समेत खोल्न र बन्द गर्नसम्म पनि आफूले जानेकी थिइनन्”, सुनिताले भनिन्, “मधेश आन्दोलनका क्रममा रेडियोको समाचारप्रति आफू आकर्षित भएको र त्यसपछि समाचरप्रतिको बढ्दो आकर्षणका कारण आफूले पत्रकारिता पेशालाई आत्मसात गरेँ ।”

महोत्तरी गौशालास्थित रेडियो गौशालामा उनी करीब छ वर्ष निरन्तर रुपमा काम गरिन् । पछि आफैँले रेडियो रुपान्तरण सञ्चालन गरेकी सुनिताले बताईन् । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार