काठमाडौं माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तर्गत राखिएको बताउँदै अब गरिबले उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज उदघाटन गर्दै प्रचण्डले सरकारले गरिबको उपचार नगरे मुद्दा हाल्न सकिने बताउनुभयो । उहाँले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताउनुभयो ।

संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर आफूहरुले सम्झौँता नै गरेको उहाँले बताउनुभयो ।
प्रचण्डले नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न पनि आग्रह गर्नुभयो । (NRN)