
मोरङ, २८ माघ : मोरङको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आइतवार लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१० सन्सारी माईस्थानबाट प्रहरीले आइतवार राती लागूऔषध सहित २ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने बर्ष २७ को विशुन प्रताप साह र सिन्धुली मरिण गाउँपालिका-४ बस्ने बर्ष २४ को सुरेश माझीलाई पक्राउ गरेको हो । राती साढे ८ बजे शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट-३ हजार ट्याब्लेट फेला परेको थियो । बरामद लागूऔषध सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित तेह्रथुम लालिगुरास नगरपालिका-२ बस्ने बर्ष २७ को पुष्प बहादुर खड्कालाई लुपिजेसिक-१८ एम्पुल, डाईजेल्याव-१८ एम्पुल, एभिल-६ एम्पुल, फेनारगन-१८ एम्पुल र सोही नगरपालिका बस्ने २६ को राम बहादुर गुरूङलाई स्पास्मोप्रोक्सिभोन ट्याब्लेट-८ चक्की र नाईट्रोजन ट्याप्लेट २० चक्की सहित पक्राउ गरेको हो । दिउँसो साढे ३ बजे पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।