फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष नेम्वाङको निधन

खविन लुइटेल
पाँचथर २६ माघ
फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर कुमार नेम्वाङको मृत्यू भएको छ । ७७ बर्षिय नेम्वाङ गाउँपालिकाको ५ नं. वडाले आयोजना गरेको कार्यक्रममा सहभागी भएकै बेला वेहोस भएर ढल्नुभएको थियो । सोही स्थानमा प्रारम्भीक चेक जाँच पश्चात उहाँलाई इलाम पु¥याइएको थियो । जिल्ला अस्पताल इलामा डाक्टर पवनजंग रायामाझीले उहाँको निधन भएको पुष्टि गर्नुभयो । फाल्गुनन्द गाउँपालिकाकै अस्थायी सेवा केन्द्र नजिकै रहेको वार्ड नं. ५ फाक्तेपको कार्यालय घुर्बिसे पञ्चमीमा आयोजना भएको ३ दिने क्षमता विकास तालिममा प्रमुख अतिथीको रुपमा शुभकामना मन्त्य राखिसकेछी कुर्सिमा बस्दा अचानक उहाँमा समस्या देखिएको हो । कार्यक्रममा उहाँले ५ मिनेट जती बोलेर कुर्सीमा बसेपश्चात अचानक हाट खुट्टा तन्किएको र आफुहरुले तत्कालै हातखुट्टा मालिस गर्दै स्वास्थ्य कर्मीलाई बोलाएको कार्यक्रममा संगै रहेका प्रहरी हवल्दार जय प्रकाश मण्डलले जानकारी दिनुभयो । स्थानीय ल्याबका स्वास्थ्य कर्मी असिम न्यौपानेले प्रारम्भिक रक्तचाँप जाँच गरेको बताइएको छ । लगत्तै उहाँलाई थप उपचारको लागी इलाम पु¥याइएको थियो । पोली क्लिनीकका चिकित्सक असिम न्यौपानेका अनुसार त्यहाँ पुग्दा अचेत अवस्थामा सभाहलको भुइमा लडिराख्नु भएको र सोही क्रममा सुरुमा ब्लड प्रेशर जाँच गरिएको सो अवस्थामा निल रहेको, प्लस र मुटुको धड्कन समेत शुन्य रहेको थियो । इसजी नभएका काँरण थप अवस्थाको जानकारीको लागी इलाम रेफर गरिएको उहाँको प्रतिकृया रहेको थियो । नेम्वाङ नेपाली कांग्रेसको तर्फबाट जिल्लाको फाल्गुनन्द गाउँपालिकामा निर्वाचित हुनुभएको थियो । नेपाल सरकारले उहाँलाइ भर्खरै सुप्रवल जनसेवा श्री द्धारा पदक बाट विभूषित समेत गरेको थियो ।

को हुन नेम्वाङ
वि.स.१९९८ सालमा जन्मिनुभएका अमरकुमार नेम्वाङ जिल्लाका सबैभन्दा जेष्ठ गाउँपालिका अध्यक्ष हुनुहन्थ्यो । १० वर्ष सम्म भारतको दार्जिलिङमा अध्यन गर्नुभएका नेम्वाङले अमेरिकाको विकास लाइ समेत नजिक बाट नियाल्नु भएको थियो । करिब ४ बर्ष अमेरिकाका विभिन्न शहरहरुमा बस्नुभएका नेम्वाङ पाँचथरको लिम्बू समुदायबाट पहिलो मास्र्टस डिग्री पास गर्ने व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । उहाँले सन १९६९ मा राजनीतिशास्त्रमा एम ए पुरा गर्नुभएको थियो । भारत बसाइको क्रममा इन्दिरा गान्धिका पिता पण्डित जहरवाल नेहरुका पुस्तकहरु पढेर प्रजातन्त्रलाई माया गर्न थाल्नुभएको थियो । कुशल साहित्यकारका रुपमा चिनिने नेम्वाङ का अमेरिका भ्रमणका केही सम्झनाहरु, सम्झनाका तरेलीहरु, साँझको एक अवसान (कविता संग्रह) प्रकाशित छन् । पटक पटक साविकको पौवासारताप गाविसका गाविस अध्यक्ष भैसक्नुभएका नेम्वाङले उहाँको कार्यकालमा पौवासारतापलाई नमुना गाउँविकास समितिको रुपमा समेत विकास गर्नुभएको थियो । ३ पटक सम्म गाविस अध्यक्ष भैसक्नु भएका नेम्वाङ चौथो पटक साविक उहाँले नेतृत्व गरेको गाविस सहित थप ६ वटा गाविसको नेतृत्वदायी भूमिकामा रहनुभएको थियो ।

यही कार्यक्रम नै अध्यक्ष नेम्वाङको अन्तिम कार्यक्रम बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार