![](https://www.nayakuro.com/wp-content/uploads/2019/02/Amar-Nembang.jpg)
नयाँ कुरो, २६ माघ
फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमर कुमार नेम्वाङ गम्भिर विरामी हुनुभएको छ । फाल्गुनन्द गाउँपालिका वार्ड नं. ५ मा आयोजना भएको ३ दिने क्षमता विकास तालिममा प्रमुख अतिथीको रुपमा शुभकामना मन्त्य राखिसकेछी कुर्सिमा बस्दा अचानक उहाँमा समस्या देखिएको हो ।
कार्यक्रममा उहाँले ५ मिनेट जती बोलेर कुर्सीमा बसेपश्चात अचानक हाट खुट्टा तन्किएको र आफुहरुले तत्कालै हातखुट्टा मालिस गर्दै स्वास्थ्य कर्मीलाई बोलाएको कार्यक्रममा संगै रहेका प्रहरी हवल्दार जय प्रकाश मण्डलले जानकारी दिनुभयो । स्थानीय ल्याबका स्वास्थ्य कर्मी असिम न्यौपानेले प्रारम्भिक रक्तचाँप जाँच गरेको बताइएको छ । लगत्तै उहाँलाई थप उपचारको लागी इलाम लगिएको छ । पोली क्लिनीकका चिकित्सक असिम न्यौपानेका अनुसार उनी त्यहाँ पुग्दा अचेत अवस्थामा सभाहलको भुइमा लडिराख्नु भएको र सोही क्रममा सुरुमा ब्लड प्रेशर जाँच गरिएको सो अवस्थामा निल रहेको, प्लस र मुटुको धड्कन समेत शुन्य रहेको बताउनुभयो । इसजी नभएका काँरण थप अवस्थाको जानकारी लिन नसकिएको र इलाम रेफर गरिएको उहाँको प्रतिकृया रहेको छ । नेम्वाङ नेपाली कांग्रेसको तर्फबाट जिल्लाको फाल्गुनन्द गाउँपालिकामा निर्वाचित हुनुभएको थियो ।