दाङ माघ २४ : दाङको घोराही-लमही सडक खण्डमा अहिले बेलुकी भएको सवारि र्दुघटनामा परि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार रुकुम मुसिकाेट २ कि रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  साथै एक र्दजन बढि घाइईते भएका छन् । दुर्घटनामा परि प्रदेश नम्बर पाँचका प्रदेश सासद उत्तर कुमार वली सहित अन्य १३ जना घाईते भएको छन् ।

सांसद उत्तर कुमार वलीको अबस्था गम्भीर रहेको बताइएको छ । घटनामा परि गम्भिर घाईते भएका प्रदेश सांसद वलीलाई नेपालगञ्ज पठाईसकिएको छ । वलीलाई नेपालगजबाट काठमाण्डौ लेजाने भैरहेको बताइएको छ। दाङको तुलसिपुरबाट बिरगञ्जतर्फ जादै गईरहेको ना ५ ख ५५ २९ नम्बरको बस र लमहीबाट घोराही तर्फ जादैगरेको बा १८ च ६८३६ नम्बरको जिप घोराही उपमहानगरपालिका वडा नम्बर ३ अन्र्तगत पर्ने मुसोटको चिसापानी नजिक बेलुकी एक आपसमा ठोक्कएर र्दुघटना भएको थियो ।