पूर्व राजा ज्ञानेन्द्रको गाडी नरोकीएपछी माला लिएर बसेका समर्थक निराश

नयाँ कुरो,
इटहरी माघ २४
पूर्व राजा ज्ञानन्द्र शाह यतिवेला पुर्वको झापा आइपुगेका छन् । पत्नी कोमलसहित पूर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बसाइका लागि बुधबार अपरान्ह झापा आइपुगेका हुन् । ज्ञानेन्द्र आउने थाहा पाएपछी उनका समर्थकहरु विहानैदेखी पूर्व पश्चिम राजमार्गमा फुलमाला लिएर वसेका थिए । राजा आउलान र स्वागत गरैला गरौला भनेर बसेका सर्वसाधारण पूव राजाको गाडीनै नरोकिएपछी जिल्लीएका छन् ।

अझ विराटचाैकमा त स्वागतको लागी रातो कार्पेट समेत ओच्याइएको थियो । तर राजाको गाडी रोकिएन, स्वागतको लागी आएकी एक स्थानीय वृद्धाले सुनाइन — “राजालाई लगाइदिन भन्दै आफ्नै हातले माला उनेकी थिए तर गाडी नै पो रोकिबक्सेन ।” बुझिए अनुसार उनी झापामा रहेको हिमालयन महालक्ष्मी चिया बगानमा पत्नी सहीत केही समय विताउनेछन् । औपचारीक रुपमा पूर्व राजाका केही कार्यक्रम सार्वजनिक नभएपनी राजाले विशेष भेटघाट गर्न सक्ने श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार