दुर्गा प्रसाइले यस्तो विज्ञप्ती निकाले (विज्ञप्ती सहित)

नयाँ कुरो
२४ माघ
विएण्डसी टिचिङ हस्पीटलले प्रेश विज्ञप्ती जारी गर्दै आगामी बर्ष देखी एमविविएस मा विद्यार्थी भर्ना लिने जनाएको छ । कार्यकारी निर्देशक दुर्गा प्रसाइले मेची अञ्चलमै एमविविएस पढाइ सुरु गर्न पाउँदा खुशी लागेको बताए । यसले थोरै भएपनी चिकित्सा शिक्षाको लागी बर्षेनी बाहिरिने ठुलो धनराशीलाई बचाउने उनको भनाइ छ ।
एमविविएस पढाइ सुरु संगै अस्पतालले सेवा शुल्कमा समेत केही हेर फेर गर्ने जानकारी दिइएको छ । मेडिकल कलेज सञ्चालन लगत्तै आदिवासी, जनजाती, विपन्न तथा दलितहरुबाट कुलकोटाको १० प्रतिशत विद्यार्थी निशुल्क पढाउन आफु सदैव तयार रहेको प्रसाइले बताए छन् । यसै अवसरमा फाल्गुण १ गते देखी १५ गते सम्म वि एण्ड सीले निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ ।
आफु क्यानसर पिडित भएर बाँच्नु परिरहेको तर आफु जन्मीएको देशका नागरिकले यस्तो पिडा भोग्नु नपरोस भन्ने आफ्नो चाहना रहेको प्रसाइले विज्ञप्तीमा उल्लेख गरेका छन् । हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार