सिन्धुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (तस्वीर हरु)

याम चाैलागाँइ

सिन्धुली – फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांग सिन्धुलीमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ निवासी ५५ बर्षिया तीलमाया बिक, ६५ बर्षिय कुनमान तामाङ, ४० बर्षिया लक्ष्मी बिक, २५ बर्षिया अनीता महत र वडा नं. ३ निवासी ३५ बर्षिया शान्तिमाया श्रेष्ठ रहेका छन् । घाईते ७ जना मध्य ३ जनालाई खुर्कोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल र अन्यको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर शिंहले जानकारी दिनुभयो ।

आँखा शिविरमा उपचारको लागि जान स्थानिय चडेको बा १५ च ९४२२ नं.को जिप चण्डीभन्ज्यांगमा दुर्घटनामा परेको जनाइएको छ । यता जन्ती बोकेको टिपर सुनकोशी गाउँपालिका २ दुम्जा स्थित कमेरे फाँट सिन्धुली नजिकै बुधबार साँझ दुर्घटना हुँदा घटनास्थलमा नै दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तिमाल ९ तित्रिटारकी २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीया चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको खाँडादेवी गाउँपालिका १ कोथपेबाट काभ्रेको तित्रिटार फर्किएको जन्ती बोकेको बा ४ ख ९४३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो । बुधबार साँझ भएको दुर्घटनामा सबैजसो तिमालको भण्डारीवेसी र तित्रिटारका वासिन्दा परेका छन् । स्थानीयका अनुसार, ट्रिपरमा ४१ जन्ती (यात्रु) थिए, तिमध्ये १३ जना गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टर, नर्भिक, अन्नपूर्ण न्यूरो र अरु बाँकीको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार