ओखलढुंगा, माघ २४ गते ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका -५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । राती ९ बजेको समयमा अंशबण्डाको विषयमा बादविवाद हुँदा गुरुङको आफ्नै वुहारी बर्ष ३० की तारादेबी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटि गई ढुंग्री प्रहार गर्ने गुरुङलाई प्रहरीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।