काठमाण्डाै माघ २३,
सरकारी गाडी जलाएको अभियोगमा पक्राउ परेका नेविसंघका तीन कार्यकर्ता्विरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको कास्की प्रहरी प्रमुख ओम वहादुर रानाले जानकारी गराउनुभयो ।
उक्त ऐनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ । यसै व्यवस्था अनुसार विद्यार्थी नेताहरुलाई कारबाही भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
साथै, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ। संघको पूर्व घोषित विरोध कार्यक्रमअन्तर्गत पोखरामा जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए।