निर्मलाका हत्यारा एक साता भित्र ! यस्तो तथ्य पत्ता लगायो प्रहरीले

माघ २३
गरिएका अनेकौं अनुमान, दलका स्थानीय नेता, पत्रकार, मानवअधिकारवादी, एनजीओकर्मीलगायत केही केहीका स्वार्थजन्य क्रियाकलाप, समामितएका व्यक्ति र विवाद हुने गरी आएका अनेकौं प्रसंगलाई झुटो सावित गर्दै अन्ततः महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको फरक निश्कर्ष दोषीको रेखाचित्रसति एक साताभित्रै सार्वजनिक हुने भएको छ।

निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन सम्बन्धित व्यक्तिहरूको बयानका काम धमाधम चलिरहेको छ।

केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सीआईबी, मेट्रो र विशेष ब्युरोका झन्डै दुई दर्जन अफिसरसतिको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा कञ्चनपुर खटाएपछि प्रहरी यस्तो परिणामनिकट पुगेको हो।

पहिला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टजस्ता व्यक्ति समातिएजस्तै यो टोलीले थप पाँच जना रोगी फेला पारिसकेको बताइन्छ।

प्रहरी अनुसन्धानअनुसार निर्मला पन्तलाई जुन ठाउँमा लगेर दुव्र्यवहार गरियो, घटनाभन्दा ६ महिनाअघिदेखि त्यस्ता क्रियाकलाप त्यहीं हुँदै आएका थिए। त्यही ठाउँमा अर्की युवतीमाथि पनि बलात्कार प्रयास भएको खुलेको छ। आज (माघ २३) प्रकाशित जनआस्था साप्ताहिकमा यो खबर छापिएको छ।

डेढ महिनाअघि निर्मला बलात्कृत भएको घटनास्थलभन्दा २० मिटर पर अर्काे प्रयास भएको र, यसप्रकार उही व्यक्तिबाट १७–१८ जना युवती पीडित भएको पत्तो लागेको छ। प्रहरीसँग नाम र सम्पर्क नै छ, पीडितहरूको ।

बोल्ने त प्रहरीमा गुहार माग्न पुग्ने मान्छे मात्रै हुन्। कतिपयले घरपरिवारमा ‘उसले यस्तो ग¥यो’ पनि भन्न सकेका छैनन्। प्रहरीले फेला पारेको छ– एक युवती १० पटकभन्दा बढी त्यही पुरुषबाट पीडित भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार