खेलमैदानको धुलो नियन्त्रण गर्न स्थानीयवासीको माग

रविन्द्र काफ्ले
पाँचथर< माघ २२, फिदिममा स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुबाट उत्पन्न हुने धुलोले समस्या पैदा गरेको भन्दै स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । फिदिम माध्यमिक विद्यालयको खेलमैदान आसपासका ४२ जना स्थानीयवासी तथा ब्यवसायीहरुले फिदिम माध्यमिक विद्यालय, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाउँदै धुलो नियन्त्रण गर्न माग गरेका हुन् । खेलमैदानको धुलो नियन्त्रणका लागि कुनैपनि प्रयास नहुँदा बस्नै नसक्ने अवस्था भएको भन्दै स्थानीयवासीले खेलमैदानमा दुबो रोप्न तथा हिउँदको समयमा धुलो नियन्त्रण नगरी कुनैपनि प्रकारको कार्यक्रम गर्नबाट रोक लगाउन माग गरेका छन् । स्थानीयवासीले धुलोका कारण रुघा, खोकी, झाडापखाला लगायत रोगको सङ्क्रमण बढ्ने खतरा रहेकाले धुलो नियन्त्रण गर्न माग गरेका हुन् । खेलमैदानको धुलोबाट प्रभावित फिदिमको वुद्ध मार्ग, लखन मार्ग र मेची राजमार्ग आसपासका स्थानीयवासी तथा ब्यवसायीहरुले मंगलबार विद्यालय, नगरपालिका र प्रशासनलाई ज्ञापनपत्र बुझाएको स्थानीयवासी जयविक्रम चेम्जाङले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार