सुनसरी, मोरङ र झापाबाट लागूऔषध सहित ७ पक्राउ

विराटनगर, माघ २२ गते ।
प्रतिबन्धित लागूऔषध सहित प्रहरीले मंगलवार सुनसरी, मोरङ र झापा जिल्लाबाट लागूऔषध सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन सहित सुनसरीको धरान उप-महानगरपालिका-६ पानबारी स्थित स्कुल डाँडाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा को १ प ९९३६ र को २५ प ९५०९ नम्बरको मोटरसाईकलमा सवार सोही स्थान बस्ने बर्ष २९ को निराजन मगरको साथबाट ८ सय २० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला पारी बरामद गरेको हो । मगरसंगै मोटरसाईकलमा सवार सोही स्थान बस्ने बर्ष २९ को शुसन मगर र धरान-१५ बिशाल चौक बस्ने बर्ष २४ को सन्जोग थापालाई समेत नियन्त्रणमा लिईएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहान ८ बजे धरान उप-महानगरपालिका- १८ शिवजी मार्ग बस्ने बर्ष २२ को सुनिल साहीलाई लागूऔषध डाईजेल्याप-२८ एम्पुल, एभिल-२८ एम्पुल र लुपिजेसिक-२८ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यता मोरङको विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित काठमाण्डौ महानगरपालिका-३३ बानेश्वर बस्ने बर्ष १८ को बिशाल थापालाई दिउँसो पौने २ बजे पक्राउ गरेको हो । थापालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र नुफिन-२० एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । साथै लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका-६ भन्सार कार्यालयको गेटबाट मे ३ प ८७७५ नम्बरको स्कुटरमा सवार चालक झापा शिव सताक्षी नगरपालिका-६ बस्ने बर्ष २९ को सुमन थापा र पछाडी सवार सोही स्थान बस्ने बर्ष २७ को क्षितिज पौडेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागूऔषध ४ ग्राम खैरो हेरोईन बरामद गरेको छ । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार