बलात्कारको अभियोगमा पक्राउ

रुकुम (पूर्व) ।
बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार